बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नक्कली परीक्षार्थी पाँच जना पक्राउ

शुक्रबार, माघ ३० २०७७

कैलाली, धनगढी उपमहानगरपालिका(२ स्थित जेशिस एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा सञ्चालित एचए केमेष्ट्री पहिलो वर्षको परीक्षामा नक्कली परीक्षार्थी बनि परिक्षा दिने ३ जना र दिन लगाउने २ जना गरी ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
 पक्राउ पर्नेहरूमध्ये कञ्चनपुर बेलौरी नगरपालिका ३ बस्ने २३ वर्षीय बिकाश जैसी, अछाम बूढाकोट बस्ने २० वर्षीय अनुज कुंवर र कैलाली गौरीगंगा नगरपालिका(९ बस्ने २० वर्षीया बन्दना पुनले अर्काको नाममा परीक्षा दिएका थिए भने कञ्चनपुर पुर्नवास नगरपालिका(८ बस्ने २२ वर्षीया सिमा तिमिल्सेना र धनगढी उपमहानगरपालिका(५ बस्ने १८ वर्षीय किशोरले अर्कालाई परीक्षा दिन लगाएका थिए ।  
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।