बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ   

बिहिबार, माघ २९ २०७७

काठमाडौं, ।  महानगपालिका २६ गल्कोपाखा डेरा गरि बस्ने सुनसरीका ४३ वर्षीय बिर्ख बहादुर भुजेललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा झापा धुलावारी घर भएका २१ वर्षीय प्रमोद न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।
प्रमोदले बिर्ख बहादुरलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई चक्कु सहित पक्राउ गरेको हो । घाइते बिर्ख बहादुरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।