सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रहरी अपराध महाखाशाले रामकुमारी झाँक्रीलाई बोलायो

बिहिबार, माघ २९ २०७७

 राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेका भन्दै आलोचना गरिएकी नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ रामकुमारी झाँक्रीलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।

महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बोलाएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।

झाँक्रीविरुद्ध कसैले उजुरी दिएका छैनन् । तर प्रहरी आफैले चासो दिएर छलफलका लागि बोलाएको एसएसपी थापाले बताए । नआएमा आवश्यक प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।