बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सैनिक प्रमुखले नै ‘कू’ को बचाउ गरे, चुनाव गराएर सत्ता सुम्पिने वाचा

मंगलबार, माघ २७ २०७७

काठमाडौं । म्यानमारमा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएको त्यहाँको सेनाले आफूले गरेको ‘कू’को बचाउ गरेको छ ।

टेलिभिजनमा पहिलो सम्बोधन गर्दै सैनिक प्रमुख जनरल मिन आङ लाइङले गएको नोभेम्बर ८ मा भएको चुनाव निष्पक्ष नरहेको दाबी गरेका छन् ।

सो चुनावमा निर्वाचित नेतृ आङ साङ सूकीको पार्टीले बहमुत ल्याएको थियो ।

सेनाले सत्ता हातमा लिएर एक वर्षका लागि संकटकाल घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

पेशाकर्मी, सर्वासाधारणसहित बौद्ध भिक्षुहरु पनि सेनाको कदमविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

भिक्षुहरु पनि प्रदर्शनमा आएपछि दबाबमा परेको सेनाले आफ्नो कदमको बचाउन गर्ने प्रयास गरेको हो ।