बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोना खोपको दुरुपयोग

बुधबार, माघ २१ २०७७

भारतले सरकारलाई दिएको कोरोना विरुद्धको खोप प्रथम चरणमा फ्रन्ट लाईनमा काम गर्नेलाई लगाउने निर्देशिका विपरित प्रदेश–२ मा दुरुपयोग भएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रथम चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थामा खटिने व्यक्ति र सफाईकर्मीलाई खोप लगाउने दिने निर्देशिका बनाएको छ । तर, प्रदेश २ का अधिकांस ठाउँमा  निर्देशिका विपरित मापदण्ड वाहिरका ब्यक्तिलाई धमाधम खोप लगाउन सुरु गरिएको छ ।

सरकारले पहिलो चरणमा मापदण्ड वाहिरकाका कसैलाई पनि खोप लगाउने नीति वनाएको छैन । तर, प्रदेश–२ को जनकपुरमा आयोजना गरिएको खोप सुभारम्भ कार्यक्रम नै निर्देशिका विपरित गरिएको थियो । पहिलो खोप आन्तरिक मामिला तथा कानुन मन्त्रीले लगाए । यति मात्र होईन, कतिपय जिल्लामा नेताहरुले समेत खोप लगाएका छन ।