बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बृहत् नागरिक आन्दोलनले आज पनि विरोध प्रदर्शन गर्ने

मंगलबार, माघ २० २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेको बृहत् नागरिक आन्दोलनले मंगलबार (आज) पनि विरोध प्रदर्शन गर्ने भएको छ ।

आज शोभा भगवतीमा दिउँसो २ बजे विरोधका कार्यक्रम राखिएको बृहत् नागरिक आन्दोलनले जानकारी दिएको छ ।

सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले साहदत प्राप्त गरेको स्थानमा प्रतिगमनविरुद्ध प्रतिरोध आयोजना गरिएको जानकारी दिँदै त्यसमा सहभागी हुन आह्वान पनि गरिएको छ ।

आज हुने कार्यक्रममा थारु, डोटेली तथा नेपाल भाषाका कविता वाचन हुनेछन् । त्यस्तै याक्थुङ (लिम्बू) गीत पनि प्रस्तुत गरिने छ भने शिल्पी थिएटरले नाटक प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।