बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विदेश पढ्न जानेहरुबाट ६ महिनामा बाहिरियो ९ अर्ब ७१ करोड, पर्यटक नआउँदा सेवा खाता घाटामा  

शुक्रबार, माघ १६ २०७७

काठमाडौं । महामारीका बिचमा  पनि मुुलुकबाट शिक्षाका लागि बाहिरिने रकममा भने उल्लेखनिय कमि आएको छैन । बिदेशमा नयाँ बिद्यार्थिहरु खासै नगएपनि उता गएकाहरुले यताबाट रकम मगाउँदा शिक्षाका लागि यो वर्षको ६ महिनामा मात्रै ९ अर्ब ७१ करोड बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ भ्रमणका लागि भनेर मुलुकबाट ११ अर्ब ४२ करोड  बाहिरिएको छ । यसमध्ये ९अर्ब ७१ करोड  भने शिक्षााका लागि बाहिरिएको रकम हो ।

भ्रमणका लागि खर्च हुने रकम गत वर्षको  तुलनामा भने ६३ दशमलव ५ प्रतिशतले घटेको छ । किनभने अघिल्लो वर्षको सोहि अवधिमा मुलुकको यस्तो खर्च ३१ अर्ब ३१ करोड भएको थियो ।

शिक्षाका लागि बाहिरिने रकममा पनि कमि नआएको भने होइन । किनभने गत वर्षको यहि समयमा शिक्षाका लागि १४ अर्ब ७० करोड बाहिरिएको थियो ।

तर यो वर्ष महामारीका कारण नेपालबाट  विदेश पढ्न जान सकेका छैनन् । विद्यार्थिहरुले बिदेश जानका लागि अनुमति लिएपनि अहिलेसम्म बाहिरिन भने सकेका छैनन् ।

विदेश पढ्न जानेहरु प्राय ठप्प हुँदा पनि बिदेश जाने रकम भने उस्तै रहनुले  बिदेशमा काम गर्नेहरु महामारीका कारण  समस्या परेको प्रष्ट पार्छ । विदेशमा पढ्न गएकाहरुले महामारीका कारण   रोजगारी गुमाएका छन् ।

रोजगारी  गुमेको असरका कारण नेपालबाट शिक्षाका लागि रकम बाहिरिएको जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार महामारीका कारण बिदेशमा कोठा भाडा तथा कलेजको शुल्क तिर्नका लागि अहिले मुलुकबाट रकम बाहिरिएको छ ।

शिक्षा तथा भ्रमणको आय तथा व्ययलाई सेवा खाता भनिन्छ । शिक्षा र भ्रमणका लागि नेपाल आउने रकम बढि भए सेवा खाता बचतमा र बाहिरिने बढि भए घाटामा जान्छ ।

महामारीका कारण बिदेशबाट पर्यटक आउने ठप्प छ । जसका कारण सेवा खाता घाटमा रहन गएको हो  । नेपालबाट बिदेश घुम्न जानेहरु बढेपनि सेवा खाता मात्रै होइन बैदेशिक सञ्चिती समेत घट्छ ।

मंसिर मसान्तसम्म सेवा आय २१ अर्ब २९ करोडले घाटामा रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३ अर्ब १ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत मंसिर मसान्तसम्म भ्रमण आय ९३.५ प्रतिशतले कमी आई २ अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३५ अर्ब ५६ करोड रहेको  नेपाल राष्ट्र बैंक बताउँछ ।