बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चितवन सक्रिय महिला प्रतिस्ठानको दुई दिने स्वास्थ शिविर सम्पन्न 

बुधबार, माघ १४ २०७७

कमल कालाखेती, चितवन । बिगत १४ बर्षदेखि चितवन सक्रिय महिला प्रतिस्ठानले एच आई भी – एड्स र लैङ्गिक समानताको सवालमा काम गर्दै आइरहेको छ ।

र अझैसम्म पनि हाम्रो समाजमा पुरुषहरूको तुलनामा महिलाहरु पछाडि परेको र महिलाहरुको कतिपय स्वास्थ समस्याहरु आफैं भित्र लुकाएर राख्नुपरेको छ ।

यस अवस्थालाई मध्यानजर गरि चितवन सक्रिय महिला प्रतिस्ठानले कालिका नगरपालिका र माडि नगरपालिकामा महिलाहरुको यौन तथा प्रजनन स्वास्थको अवस्थालाई मध्येनजर राखी स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ कार्यक्रम आयोजना गरिएको यसै प्रतिस्ठानको अध्यक्ष दिक्षा रिमालले जानकारी दिए ।

अझै भोलिको दिनमा समाजलाई सेवा पुग्ने कार्यक्रमहरु गरिरहने र समाजमा भएको लैङ्गिक असमानतालाई पनि अबको दिनमा कम गर्दौ लैजाने योजना भएको समेत बताए ।

health sibir chitawan.JPG

उक्त स्वास्थ शिबिर कार्यक्रममा महिलाहरुको एकदमै उसाहजनक सहभागीता रहेको थियो ,उक्त कार्यक्रम मा ब्लड पेसर, एचआईभी, भि आइ ए, एस टि आई   लगायत महिलामा हुने अन्य परिक्षण पनि गरिएको थियो ।

भि आई ए परिक्षणबाट महिलाहरुको पाठेघरमा   क्यान्सर छ कि छैन भनेरको पहिला नै थाहा हुने हुँदा समयमै पत्ता लाग्ने र उपचार गर्न थप सहज हुने भएकाले परिक्षण गराएको मध्ये कालिका नगरपालिकामा एघार र माडि नगरपालिकामा ५ जानाको  उक्त परिक्षण पोजिटिभ  देखिएको  थियो । 

उक्त निशुल्क  स्वास्थ शिबिर एकदमै उपलब्धि मुलक  रहेको थियो । अहिले कोरोनाको समय घरदेखि अस्पतालसम्म गएर स्वास्थ जाँच गर्ने अवस्था नभएकोमा आफनै गाउँमा स्वास्थ सुबिधा लिन पाउँदा स्थानिय बासिन्दा एकदमै खुशी देखिए ।

उक्त स्वास्थ शिबिरमा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।