बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज सुनको भाउ बढ्यो तर चाँदीको घट्यो

मंगलबार, माघ १३ २०७७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको भाउ उकालो लागेको छ।

लगातार ओरालो यात्रामा रहेको सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको हो

। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो बढोत्तरी आज प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तालामा २०० रुपैयाँ घटेको थियो।

हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपयाँ र तेजाबी गाल्ड ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। आज चाँदीको भाउ घटेको छ।

लगातार दुई दिन स्थिर रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेर १ हजार २५५ रुपैयाँ कायम भएको छ।

गत आइतबार र सोमबार भने भाउ स्थिर रहँदै चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।