बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हुम्लामा करिब १० लाख मूल्यकाे अबैध चिनियाँ मदिरा बरामद गरी नष्ट

मंगलबार, माघ १३ २०७७

नेपाल प्रहरीले हुम्लामा एक सय दश कार्टुन अबैध चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको छ ।  खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरीले एक सय दश कार्टुन अबैध चिनियाँ मदिरा गाउँ भित्र्याउने क्रममा छिप्रा पुलबाट बरामद गरेको हो । 

आज बिहान ३ बजेको समयमा गाउँ भित्र्याउने क्रममा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए । आज बरामद भएकाे मदिरा अहिले सम्मकै ठूलो परिणामको भएकाे  प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।

बरामद भएकाे अबैध चिनियाँ मदिरा ‘झनिगिन्टी’ जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएकाे छ । अबैध मदिरा भित्र्याउने व्यापारीलाई भने प्रहरीले सार्वजनिक गरेको छैन ।  

बरामद गरिएको चिनियाँ मदिराको नेपाली मूल्य करिब १० लाख ४० हजार पर्ने प्रहरीले जनाएको छ । गाउँमा मात्रै नभई अबैध चिनियाँ मदिरा सदरमुकाम सिमकोटमा पनि भित्रिएको श्रोतले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ । आजको नयाँ पत्रिका दैनिकबाट