बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी महानिरीक्षक क्षेत्रीको प्रमुख आतिथ्यमा ४२ औं पर्यटक प्रहरी दिवस सम्पन्न

सोमबार, माघ १२ २०७७

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा ४२ औं पर्यटक प्रहरी दिवस, २०७७” नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सोमबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गर्नुहुने विभिन्न संघ संस्था तथा पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्य्रीवहार हुनुपर्ने उल्लेख गर्नुभयो । कतिपय तथ्यलाई आमबुझाइमा बुझिदियो भने त्यो उचित हुन्छ तर त्यही कुरालाई बौद्धिक दृष्टिकोणले हेरिदियो भने कहिलेकाहीँ बुझाइ फरक हुन सक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सबै पर्यटकलाई अतिथि देव भवः अनुसार व्यवहार गर्नुपर्छ ।’ 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको मनोबललाई अझ उच्च बनाउनको लागि स्थानीय तहबाट सकारात्मक अपेक्षा तथा सुझावको आवश्यकता रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा पर्यटक प्रहरीलाई आवश्यकता अनुसार दक्ष बनाउँदै लैजाने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटनसँग आवद्ध सबै सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको चर्चा गर्दै पर्यटकीय स्थलहरुलाई कम प्रदूषित बनाउनको निम्ति चालिने कदमप्रति सबैको चासो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त समारोहमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले धन्यवाद ज्ञापन गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

 उक्त अवसरमा नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मी, पर्यटनविद् डा. आलोक प्रसाई र टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नुभयो । 

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरी सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अध्यागमन विभागका महानिर्देशक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

police day 3.JPG