बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीका विरुद्ध अपहेलना मुद्धा दर्ता

सोमबार, माघ १२ २०७७

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्यले सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीका विरुद्ध अपहेलना मुद्धा दर्ता गरेका छन । माघ ९ गते प्रधानमन्त्री ओलीले नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीकोलाई मानमर्दन हुनेगरी सार्वजनिक टिप्पणी गरेका थिए।

आफू निकट पेशा व्यवसायीहरुको कार्यक्रममा पुगेर प्रधानमन्त्रीले भण्डारीलाई ‘बाजे वकिल’ भन्दै अपमान गरेका थिए। ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न,के तमाशा गरेको हो यो रु’,प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क हुनुस् प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन।

received_2.jpeg

‘अपहेलना मुद्धाको निवेदनमा इजलासमा बहस गरिरहनुभएका बरिष्ठ अधिवक्ता भण्डारीलाई अपमानजनक ढंगले प्रहार गरिएको भन्दै प्रधानमन्त्रीमाथि सजायको माग गरिएको छ । निवेदनमा प्रधानमन्त्रीले सार्वजनिक रुपमै हास्यको पात्र बनाई अदालत,इजलास र कानून व्यवसायीलाई अपमान गरेको दावी गरिएको छ।

ओलीको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनका पूर्व अध्यक्षहरुले समेत आपत्ति जनाएका छन् । बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल,शम्भु थापा,प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेका छन् ।प्रधानमन्त्रीको अभिव्यक्तिका विरुद्ध बार एशोसियशन र देशभरका कानून व्यवसायीलाई आन्दोलित हुन आग्रह गर्दै विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई सार्वजनिक क्षमायाचना गर्न भनिएको छ। साथै अदालतको अपहेलनाजन्य कार्य गरेकाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गरिएको छ ।

bar-member.jpg