एजेन्सी । १६ जनवरीमा खोप लगाउने काम सुरु भएयता भारतमा झन्डै ६ सय जनामा साइड इफेक्ट देखिएको छ ।
केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन् ।
यद्यपि, पोस्टमार्टम रिपोर्टले खोपकै कारण उनीहरुको मृत्यु नभएको देखाएको छ ।
यसबारे प्रतिक्रिया दिँदै भारतमा स्वास्थमन्त्री डाक्टर हर्षवर्धनले खोप पुरै सुरक्षित र प्रभावकारी रहेको बताएका छन् ।
उनले साइड इफेक्ट देखिनु सामान्य रहेको प्रतिक्रिया दिएका छन् । कुनै पनि खोपमा साइड इफेक्ट देखिने उनले बताए ।
उनले भने, ‘यो दूग्र्भायपूर्ण छ कि केही मानिसहरु राजनीतिक फाइदाका लागि खोपबारे गलत कुरा फैलाइरहेका छन् ।
जसकारण, केही मानिसहरु खोप लगाउन डराइरहेका छन् । सरकार यो चाहदैंन कि खोपपछि कसैमाथि गलत प्रभाव परोस् । सबैलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो ।’