बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको मूल्य बढ्यो, तोलाको ९२,५०० रुपैयाँमा कारोबार

बुधबार, माघ ७ २०७७

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ ।

मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।