बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनचाँदीको भाउ फेरि उकालो लाग्यो

शुक्रबार, माघ २ २०७७

निकै उतारचढावबीच आज शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार भने सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको थियो। यो गिरावटसँगै हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ गत बुधबार तोलामा १०० रुपैयाँ बढेको थियो भने मंगलबार ६०० रुपैयाँले उकालो लागेको थियो। साताको पहिलो दिन तोलामै २ हजार ३०० रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि ८०० रुपैयाँले ओरालो लागेको थियो। 

आज चाँदीको भाउ पनि १५ रुपैयाँले उकालो लागेर तोलाको १ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर १ हजार २४५ रुपैयाँ कायम भएको थियो।