बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भारतमा किसानहरुकाे समर्थनमा अन्ना हजारे भाेक हड्तालमा उत्रँदै

शुक्रबार, माघ २ २०७७

सामाजिक कार्यकर्ता एवं भ्रष्टाचार विराेधी अभियान्ता अन्ना हजारेले फेरि भाेक हड्ताल गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री नरेन्द्र माेदीलाई पत्र लेख्दै किसान आन्दाेलन तत्काल सम्बोधन नगरे आफू दिल्लीमा भाेक हड्ताल शुरु गर्ने उनकाे चेतावनी छ। 

उनले अहिलेसम्म पाँच पटक प्रधानमन्त्रीलाई पत्र लेखिसकेकाे उल्लेख गरेका छन्। तर एक पटक पनि जवाफ नआएकाले अब भाेक हड्तालमा आफू उत्रन लागेकाे उनले उल्लेख गरेका छन्। ‘न सरकारले मेराे पत्रकाे जवाफ दियाे‚ न त किसानकाे माग नै सम्बोधन गर्‍यो‚’ हजारेले भने‚ ‘यही कारण दिल्लीकाे रामलिला मैदानमा भाेक हड्ताल गर्ने निर्णयमा पुगेको छु।’

उनले किसानकाे मागअनुसार ५० प्रतिशत अधिक न्यूनतम समर्थन मूल्य किसानकाे उत्पादनमा दिनुपर्ने लेखेका छन्। सरकारले विभिन्न समयमा भाषण गरेकाे तर पूरा नगरेकाेले किसान आन्दाेलनमा आउनुपरेकाे र आफ्नाे पूर्ण समर्थन किसानलाई रहेकाे उनले बताए।

उनले याे आफ्नाे अन्तिम भाेक हड्ताल हाेस् भन्ने कामनासमेत गरेका छन्। यसअघि सन् २०१८ र २०११ मा दिल्लीमा लाेकपाल विधेयक माग गर्दै हड्ताल गरेका थिए।