बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मृत अवस्थामा फेला

बिहिबार, माघ १ २०७७

काठमाडौं, २९ पुस कास्की, पोखरा महानगरपालिका-१९ लामाचौरस्थित खेत भन्ने स्थानमा रहेको फर्निचर उद्योगमा काम गर्ने गोरखा शहिद लखन नगरपालिका-६ घर भएका ३२ वर्षीय सुरेश कोइराला उद्योगभित्र कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, बिराटनगर महानगरपालिका-१८ भेडियारी खोक्साहास्थित सडकमा पिबि ०९ एक्स २९६४ नम्बरको ट्रकमा सोही ट्रकका चालक भारत लुधियाना पंजाब घर भएका ५० वर्षीय मो. नुरखान बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।