बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको भाउ एकैदिन ह्वात्तै घट्यो, तोलाको कति ?

आइतबार, पुष २६ २०७७

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा पहिरो खसेको छ।

गत साता निकै उतारचढाव देखिएको सुनको भाउमा यो साताको पहिलो दिनै भारी गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ३०० रुपैयाँ घटेको छ।

यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा झरेको छ।

गत साता अन्तिम कारोबार दिन सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो।

उक्त दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

गत साताभरि भने सुनको भाउ तोलामा ८०० रुपैयाँले उकालो लागेको थियो। 

आज चाँदीको भाउमा पनि भारी गिरावट आएको छ। यो दिन तोलामा ६० रुपैयाँ लागेर चाँदी १ हजार २७० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार चाँदीको भाउ स्थिर रहँदै १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो।

गत साताभरि चाँदीको भने ३० रुपैयाँले उकालो लागेको थियो।