अब अन्तराष्ट्रिय उडानमार्फत बेलायत जाने सबै यात्रुहरुले कोभिड(१९ को नेगेटिभ रिपोर्ट देखाउनु पर्ने भएको छ।
कोरोनाको महामारी फैलिँदैजाँदा बेलायत सरकारले यहाँ आउनु ७२ घण्टाअघिको आफ्नै देशको कोरोना रिपोर्ट देखाउनु पर्ने बेलायत सरकारले उर्दी जारी गरेको बीबीसीले जनाएको छ।
बेलायतका यातायात सचिव ग्राण्ड सचिवले यात्रुहरुलाई भनेका छन्, ‘ बेलायतको स्वास्थ्य विभागले कोरोनाको नेगेटिभ रिपोर्ट नदेखाए बेलायत अनुमति दिँदैन।’
यसका साथै बेलायत आइपुग्दा नेगेटिभ रिपोर्ट आएपनि क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ।
बेलायतमा जस्तै अहिले कोरोना भाइरसको नयाँ प्रजाति दक्षिण अफ्रिकामा पनि देखिएको र यसले तीव्रगतिले भन्दै उनले सरकार २४सै घण्टा सतर्क रहनु पर्ने र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।