बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तेस्रो डिभिजनको क्लबसँग स्तब्ध भयो ला लिगा लिडर एथ्लेटिको मड्रिड

बिहिबार, पुष २३ २०७७

स्पेनिस ला लिगा फुटबलको लिडर एथ्लेटिको मड्रिड कोपा डेल रे फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ । तेस्रो डिभिजनको क्लब यूइ कोर्नेलासँग पराजित भएको हो । बुधबार राति भएको खेलमा घरेलु टोली कोर्नेलाले एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।

सातौँ मिनेटमा जिमिनेजले गरेको गोल नै कोर्नेलाको जितमा निर्णायक बन्यो।

६३ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर सान्चेज बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

लगातार दोस्रो वर्ष एथ्लेटिको तेस्रो डिभिजनको क्लबसँग पराजित भएर कोपा डेल रेबाट बाहिरिएको छ ।