बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आयोगद्धारा अन्तिम मतदाता नामावलीको तयारी प्रक्रिया शुरु

मंगलबार, पुष २१ २०७७

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गरी अन्तिम मतदाता नामावलीको तयारीको प्रक्रिया शुरु गरेको छ ।

तयारी प्रक्रियाका लागि “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको हो ।

स्वीकृत कार्यविधी र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम गरिने छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहने छ ।

‘समितिले उक्त कार्य सम्पन्न गरी मिति २०७७/१० र १७ गते सम्ममा कार्य सम्पन्न गर्नुपर्ने गरी कार्यतालिकासमेत स्वीकृत भएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेकोे जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति मार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकोले सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाहरूबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिनुहुन आयोग हार्दिक अपिल गर्दछ,’आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केपी ओली नेतृत्वको सरकारले गत भदौ ५ गते संसद् भंग गरेर २०७८ बैशाख १७ गते शुक्रबार पहिलो चरण र २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा गरेको थियो । आयोगले घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारी भइरहेको जनाएको छ ।