बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको भाउ फेरी बढ्यो, तोलाको कति ?

सोमबार, पुष २० २०७७

काठमाडौँ । सोमबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार भने ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुनेछ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिणामको तेजावी सुनलाई प्रतितोला ९४ हजार ८०० रुपैयाँ मा कारोबार हुनेछ । 

यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ३२५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।