बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

महामारीका बिचमा बढ्दैछ उपभोग, बिकास निर्माणमा शिथिलताले कता जाँदैछ देश  ?

आइतबार, पुष १९ २०७७

काठमाडौं । महामारीका बिचमा पनि बिदेशबाट आयात हुने उपभोग्य सामानको भने बृद्धि भएको छ । भन्सार विभागले पछिल्लो समय चामल,तेल तथा मोबाइल जस्ता बस्तुको आयातमा बृद्धि भएको जनाएको छ ।

सरकारको बिकासको खर्च हेर्ने हो भने निराशाजनक छ ।  अहिलेसम्म सरकारले बिकास बजेट ११ प्रतिशत पनि खर्च गरेको छैन । हुनत सरकारले यसमा महामारीलाई दोषी देखाउँछ । तर त्यसो होइन, किनकी महामारी नफैलिएका स्थानमा सहजै बिकास निर्माणका काम अघि बढाउन सक्ने ठाउँछ ।

महामारीले देश आक्रान्त भएको बेलामा सत्तासिन पार्टि नेकपा भने फुट र गुट बनाउन लागेको छ । यो अर्थतन्त्रका लागि सुखद होइन । भन्सार विभागको तथ्यांक अनुसार बिदेशबाट आयात हुने चामलको आयात ह्वात्तै बढेको देखिन्छ ।

उपभोगमा बृद्धि भएकाले चामलको आयात बढेको देखिएको हो । विदेशबाट आयात हुने चामल, खाने तेलको कच्चा पदार्थ र तयारी कपडाको आयात बढेको छ । गत वर्षको मंसिर मसान्तसम्म आठ अर्ब ८ करोको चामल  आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात ४७ प्रतिशतले बढेर ११ अर्ब ९२ करोड पुगेको छ ।

यस्तै मोबाइल  फोन पनि गत वर्ष १० अर्ब ३६ करोडको आयात भएकोमा यो वर्षको सोहि अवधिमा १७ अर्ब ६४ करोडको आयात भएको छ ।  यस्तै तयारी कपडा  र भटमासको तेलको कच्चा पदार्थको पनि आयात बढेको छ ।

तर यता  बिकास निर्माणका लागि आवश्यक पर्ने यन्त्रको आयातमा भने कमि आएको छ । महामारीका कारण यसको खरिदमा भएको ढिलाइका कारण यन्त्रहरुको आयातमा कमि आएको हुनसक्ने भन्सार विभागको आकलन छ।

खाद्यान्न र तयारी  कपडाको आयातले रकम बाहिरिन्छ , भन्सार राजस्वमा टेवा पुगेपनि समग्र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्दैन  । तर बिकास निर्माणका सामाग्री, यन्त्र , पार्टपुर्जा बढ्दा भने यसले देश बिकासको बाटोमा गएको देखाउँछ । किनकी  यस्ता बस्तुले पुँजी अभिबृद्धि गर्छन् ।

पुँजी अभिबृद्धि गर्ने खालका यन्त्रको आयातमा भने गत वर्षको तुलनामा ६६ प्रतिशतले कमि आएको छ । यो अर्थतन्त्रका लागि सुखद संकेत नभएको र यसले आगामी दिनमा उत्पादन घट्ने संभावना रहेको अर्थविद्हरु बताउँछन् ।

अझ सरकारले चुनाव घोषणा गरेसँगै त अब झनै नयाँ बिकास निर्माणका काम ठप्प जस्तै हुने देखिएको छ  पुँजी अभिबृद्धि गर्ने बस्तुको आयातमा कमि आएकाले अब सरकारले बिकास निर्माणलाई तिब्रता दिन जरुरी छ ।