बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रभु लाइफको कारोबार आइतबारदेखि खुल्ने 

शुक्रबार, पुष १७ २०७७

 काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजारमा पहिलो पटक न्युनतम १०९ रुपैयाँ र अधिकतम ३२८ रुपैयाँबाट कारोबार खुला हुने भएको छ।

कम्पनीले पुस १६ गते नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकृत गरेको थियो। 

कम्पनीले नेप्सेमा २ करोड कित्ता प्राथमिक शेयर सूचीकृत गरेको छ।

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारण समूहतर्फको ६० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो।

कम्पनीले पुस ९ गते बाँडफाँड गरेको थियो। लगानीकर्ताले आइतबादेखि नेपाल स्टक एक्सचेन्जबाट कारोबार गर्न सक्ने छन्।