बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज सुनको भाउ उकालो

शुक्रबार, पुष १७ २०७७

काठमाडौं । निकै उतारचढावबीच साताको अन्तिम दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ पुगेको छ।

हिजो बिहीबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो।

यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। 

साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार ७०० रुपैयाँले बढेको थियो भने मंगलबार ८०० रुपैयाँले घटेकोमा बुधबार पुनः १०० रुपैयाँ बढेको थियो।

समग्रमा यो यो साताभरि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।

उता चाँदीको भाउ आज शुक्रबार स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। 

यो साताभरि चाँदी पनि २० रुपैयाँले मात्र बढेको छ।