सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्ने सकिने

बुधबार, पुष १५ २०७७

काठमाडौ, पुुस १५
नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्ने सकिने भएको छ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको हो । 
बैकको देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिनेछ । यस बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैकले जानकारी दिएको छ ।