काठमाडौ, मंसिर १३ । स्टान्डर्ड चार्टड बैंकको बित्तीय अवस्था कमजोर बन्दै गएको छ । सञ्चालनमा रहेका अन्य बाँणिज्य बैंकहरुले बिश्वव्यापीरुमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को महामारीको बिचमा पनि खुद मुनाफा बढाउन सफल भएपनि स्टान्डर्ड चार्टड बैंकको खुद मुनाफा भने निकै नै घटेको छ ।
बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासमा जम्मा ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६४ करोड ४१ लाख १२ हजार रुपैयाँ रहेको थियो । पछिल्लो समय बैंकको निक्षेप तथा कर्जामा सुधार नआएकाकारण पनि पनि बैंकको नाफा घटेको हो ।
नाफा संगै बैंकको सेयर मुल्य पनि ओरालो लाग्दै गएपछि बैंकमा सेयर लगानीकर्ताहरु भने चिन्तित हुुन थालेकाछन् । सञ्चालनमा रहेका अन्य बाँणिज्य बैंकहरुले १२ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुंजी कायम गरिसक्दा पनि स्टान्डर्ड चार्टडको चुक्ता पुंजी भने हाल आठ अर्ब एक करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ८२ अर्ब २२ करोड ४३ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब १७ करोड ३८ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६० करोड १६ लाख छ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा भने ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा शुन्य दसमलव ८७ प्रतिसत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने चार दसमलव ३३ प्रतिसत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ९५ अर्ब दुुई करोड आट लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९२ करोड ४८ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ९१ करोड ६१ लाख ८३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव १८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ८८ प्रतिसत रहेको थियो ।