बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विश्व बैंकले भन्योः नेपालले विद्युत क्षेत्रमा गरेको प्रगति गर्व गर्न लायक

शुक्रबार, मंसिर ६ २०७६

 

काठमाडौं । विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा भएको प्रगतिलाई संसारमै गर्व गर्न लायक भनेको छ ।

काठमाडौंमा बिहीबारदेखि सुरु भएको उर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका निर्देशक फरिस एच हदाद जर्भोसले विद्युतीकरणमा नेपालले संसारमै राम्रो प्रगति गरेको बताए ।

नेपालले सन् २०१८देखि लोडसेडिङ हटाएकोमा खुसी व्यक्त गर्दै उनले गुणस्तरीय विद्युतका लागि नेपाल सरकारसँग साझेदारी गर्न पाएकोमा आफूलाई पनि गर्व लागेको जानकारी दिए ।