बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दशगजा मिचेर नेपाली भूमीमा भारतीय खेती

शुक्रबार, मंसिर ६ २०७६

काठमाडौं मंसिर, ६– नेपाली भू–भाग मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले  अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् । 

गौरीगन्ज गाउँपालिका साविक आमगाछी–४ मा यस्तो अवस्था रहेको छ । सोही स्थानको खेलमैदानपूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकैखेती गरिरहेका छन् ।

भारतीय पक्षबाट सीमा पश्चिम सारिएपछि अहिले आमगाछीको पचासौं बिघा जमिन भारतीयको कब्जामा रहेको स्थानीयले बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।