बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सि.जी.का जाडोका घरायसी सामाग्रीहरु बजारमा

बुधबार, मंसिर ४ २०७६

काठमाडौ, मंसिर ४ । नेपालको सबै भन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै नजिकिदो जाडोलाई लक्षित गरि विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् । रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । 

जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने गर्दछ । जाडोमा पनि सहजै सँग नुहाउन सकिने बनाउन सि.जी.ले तपाईको बजेटलाई ध्यानमा राखी ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ ।

त्यसैगरी केहि समयमानै कुनै झ्नझ्ट विना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् । 

तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइ राख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ । त्यसैले तपाईहरुको सहि छनौटले अब जाडो हुनेछ, न्यानो ।