बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिटी एक्स्प्रेसको लखपति योजनाको पहिलो विजेता घोषणा

बुधबार, मंसिर ४ २०७६

काठमाडौ, मंसिर ४ । सिटी एक्स्प्रेसले आफ्नो पहिलो लखपति योजनाको बिजेता घोषणा गरेको छ । कम्पनीले लखपति एक्स्प्रेस २०७६ न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक दुुई सय रुपैयाँको मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एकजना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले  एक लाख रुपैयाँ जित्न सक्ने र उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १० लाख रुपैयाँ जित्न सक्ने घोषणा गरेको थियो । 

कम्पनीका अनुुसार यो अफर असोज एक गते देखि मंसिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत छ सय ३० जनाले दुर्ई सय रुपैयाँको मोबाइल टप अप, साप्ताहिकरुपमा आठ जना विजेताले १० हजार रुपैयाँ जितिसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार  यि सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो ।

हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो (असोज) महिनाको एक लाख रुपैयाँको मासिक लक्की ड्र मा परी बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापा विजेता घोषित भएको कम्पनीले जानकारी दिएको छ ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।