बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालमा औषधि निर्यात गर्ने दुई भारतीय उद्योग ‘जीएमपी’ मापदण्डमा असफल

मंगलबार, मंसिर ३ २०७६

काठमाडौं मंसिर, ३– नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई भारतीय उद्योग ‘गुड म्यानिफ्याक्चर प्राक्टिस’ अर्थात् ‘जीएमपी’ मापदण्डमा असफल भएका छन् ।

नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा ‘गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड लागू भएको छ कि छैन ?’ भन्दै गरेको स्थलगत निरीक्षणमा दुई भारतीय उद्योग फेल भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागको टोलीले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ उद्योगमा पुगी जीएमपी मापदण्ड निरीक्षण गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।