बिनोद प्रसाद चौलागाई, काठमाडौं । पछिल्लो समय विभिन्न मठ, मन्दिर र गुठीको जमिनमा सबैले आफ्नो बनाउने धन्दा बनाएको कुरा कुनै नौलो भएन तर गुठी संस्थाले नै देवालय मठ मन्दिरको जमिनलाई अनुचित तवरले प्रयोग गरेको पनि कतै सुनिएको हो ।
जस आनुसार अहिले पशुपति क्षेत्र विकाश कोषको सिफलस्थितको जग्गा भने गुठी संस्थाको केही–केही ककर्मचारीको मिलेमहत्वमा बाहिरी दलालिलाई भाडामा लगाउने कमाउने माध्यम बनेको खुलेको छ ।
क्षेत्र विकाशको सिफलस्थित लगन न. ४०१ सोही कायम रहेको सोही भण्डारेश्वरको नाम कामपा –७ मा आठ रोपनि आठ आना जग्गामा अवैद तवरले गुठी संस्थाले भागमा लिन सूचना नै जारी गरी हटाउने दाउ गरेको छ ।
गुठीका कर्मचारीको मिलेमहत्वमा आफू निकटलाई भाग लगाएर कमाई खाने भाडो बनाउने भएपछि क्षेत्र विकाश कोषले आपत्ति जनाएको छ । कोेषले पशुपतिको जग्गा गुठीलाइ कुनै पनि किसिमको आधिकार नरहेकोले सो जग्गा पशुपति क्षेत्रले भाग लगाउने वा अन्य धार्मिक प्रयोजनमा प्रयोग गर्ने कुरा क्षेत्र विकाशमै निहित रहेकोे ठुलाको आदेश भन्नि जस्ता धम्कीले जग्गा गुठीले हडप्न लागेको ताएको छ ।
क्षेत्र विकाश कोषले पटक–पटक सम्मानित प्रधानमन्त्रीको कार्यलय, संस्कृति पर्यटन तथा नागरीक उड्यान मन्त्रालय र भूमिसुधारमा पत्र लेख ताकिता गर्दा पनि त्याहाँका कर्मचारीले वेवास्ता गरेकोले ठुलो गिरोहको चलखेल समेत रहेको आशंका गरेको छ ।
पशुपति क्षेत्र कोषको सो जमिनलाई हालतमा कौडीको भाउमा भाडामा लगाउन प्रयत्न रोक्न कर्मचारी निर्देशम रमेश कुमारी उप्रेतीले ध्यानाकर्षण गराउँदा पनि सरकारी निकाय भने दलालको संगुलमा परी त्यसलाई वेवास्ता गरिरहेको छ ।
राजनितिक पहुँचको आधारमा गुठीलाई प्रयोग गरि ठूलै दलालीको हातमा जग्गा पुग्नेर क्षेत्र विकासलाई कमारो बनाउने प्रति राज्यले नै प्रसय दिएकोले सो केही समयमै दलालको हातमा पुग्ने कुरामा दुई मत छैन ।
पशुपति जस्तो पवित्र स्थलमा यसअघि बालुवा तस्करी तथा शालिग्राम तस्करी लगाएत विभिन्न फण्डा भने नभएको हैन । यसमा पनि क्षेत्र विकासको जग्गामा राज्यले दलालनै घुसाएर गुठी सस्थानले आफू निकटलाई भाडामा दिएर कर्मचारीको कमाइ खाने भाडो बनाउनु कति हदसम्म अचित होला । राज्यले यसलाइ समयमै सचेत रहनु जरुरी देखिन्छ ।