बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

बुधबार, कार्तिक २७ २०७६

सुनसरी, कार्तिक २७–
धरान उपमहानगरपालिका(१८ स्थित दिल्ली पब्लिक स्कुलको गेटमा गत भदौ २० गते भएको बम बिष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दुहबी नगरपालिका(८ बस्ने ३१ वर्षीय मोहन बस्नेत, धरान उपमहानगरपालिका ११ बस्ने भोजपुर ट्याम्के मैयुम गाउँपालिका(२ का ३५ वर्षीय सागर राई र धरान उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय क्षितिज भन्ने सुरेश कुमार राई रहेकाछन् ।  

सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती आदेश समेत प्राप्त भएका उनीहरुलाई खोजी गर्ने क्रममा ईहटरी नगरपालिका ८ बाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।