काठमाडौं कात्तिक, २६–
नेप्से लगभग रातै देखिएको छ । साताको तेस्रो कारोेवार दिन आज मंगलबार नेप्से पाँच दशमलव ६१ अंकले घटेर ११ सय ३९ दसमलव ९६ अंंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव ७३ अंकले घटेर दुुई सय ५१ दसमलव ५७ अंकमा झरेको छ । आज एक सय ६१ कम्पनीहरुको पाँच हजार ३२ वटा कारोवारमा १० लाख ८२ हजार आठ सय १५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम ३७ करोड ९८ लाख ४९ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोवार हुुंदा उत्पादनमुलक बाहेक सबै समुहले गुमाएकाछन । यि मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दसमलव ३१ अंकले घटेर एक हजार ४५ दशमलव ९१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक १३ दशमलव १८ अंकले घटेर १५ सय ४८ दशमलव ५३ अंकमा झरेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, अन्य, र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन ।
कमाउने कम्पनीहरुको सुचीमा आज हिमालयन डिष्ट्रिलरी प्रालि, घोडाघोडी लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी, स्वाभिमान लघुुबित्त बित्तीय संस्था आदि परेकाछन । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्रालि, एनएमबी बैक आदि परेकाछन ।