बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध रुपमा भन्सार छली बाह्य मुलुकतर्फ लैजाने लागेको चाँदीसहित पक्राउ

मंगलबार, कार्तिक २६ २०७६

काठमाडौं कात्तिक, २६–
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको उडानद्धारा भुटानतर्फ जान लागेका राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई अवैध रुपमा भन्सार छली लैजाने लागेको २ केजी चाँदी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको उक्त परिमाणको चाँदी फेला परेको हो । 
पक्राउ भुटानी नागरिकलाई बारमद गरिएको चाँदी सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।