बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कटुवा पेस्तोलसहित पक्राउ

मंगलबार, कार्तिक २६ २०७६

मोरङ कात्तिक, २६–
बिराटनगर महानगरपालिका १५ स्थितबाट कटुवा पेस्तोल १ थान सहित सोही महानगरपलिका(५ बस्ने २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पैदल हिड्दै गरेका गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त हतियार फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।