बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा बल्ल देखियो हरियाली, सबै सुचक बढ्दा लगानीकर्ताहरु हौसिए

सोमबार, कार्तिक २५ २०७६

काठमाडौ, कात्तिक २५ । नेप्सेमा बल्ल हरियाली देखिएको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से १३ दसमलव ७७ अंकले बढेर ११ सय ४५ दसमलव ५७ अंकमा पुुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव २८ अंकले बढेर दुुई सय ५२ दसमलव २९ अंकमा चढेको छ ।

आज एक सय ७५ कम्पनीहरुको छ हजार छ सय ४८ वटा कारोवारमा १९ लाख ९५ हजार ४८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ५४ करोड ९९ लाख ९८ हजार दुुई सय ४१ रुपैयाँ पुुगेको छ ।  आज ११ वटा समुहको कारोवार अन्य बाहेक सबै समुहको सुचक बढेर हरियो देखिएको छ ।

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव ३१ अंकले बढेर एक हजार ५१ दसमलव २२ अंकमा चढेको छ भने बिकास बैंक समुहको सुचक पनि १३ दसमलव ३२ अंकले बढेर १५ सय ६१ दसमलव ७१ अंकमा चढेको छ ।

जलबिद्युुत, निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेर हरियो भएकाछन । 

आज कमाउने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, सबैको लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईबिएल समृद्धि फण्ड १, खानीखोला हाईड्रो पावर कम्पनी आदि परेकाछन ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने  एनएमबी बैंक, प्रभुु बैंक लगायतका कम्पनीहरु परेकाछन ।