बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफ्नै श्रमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

आइतबार, कार्तिक २४ २०७६

सोलुखुम्बु, कात्तिक २४ । आफ्नै ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका ५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।