कञ्चनपुर, कात्तिक २४ । लालझाडी गाउँपालिका ६ ढक्काको जंगलबाट भारत खजुरीया बस्ने ३० वर्षीय सोनु गुप्ता र सोही ठाउँ बस्ने २६ वर्षीय मनिष मौरीयाको नगद ३१ हजार रुपैयाँ, मोबाइल २ वटा र युपी ३१ बिए ५४६६ नम्बरको मोटरसाइकल लुटपाट भएको छ ।
उनीहरु कन्चनपुर कलुवापुरबाट वेलौरीतर्फ जाँदै गरेको अवस्थामा ६ जना अपरिचित केटाहरु आई उक्त लुटपाट गरेको खुल्न आए पश्चारत खटिएको प्रहरीले लुटपाट संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।