बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विन्ध्यवासिनि म्युजिक अवार्ड टप ५ मा प्रतिमाको ‘आमा ओ मेरी आमा’

शुक्रबार, कार्तिक २२ २०७६

गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको रचना रहेको ‘आमा ओ मेरी आमा ’ बोलको गीत विन्ध्यवासिनि म्युजिक अवार्ड टप ५ मा ।‘ गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ दशौँ विन्ध्यवासिनि म्युजिक अवार्ड’मा महिला गीतकार तर्फ टप ५ मा पर्न सफल भएकी छन् ।

उनको रचना रहेको आमा ओ मेरी आमा बोलको गीत बाट उनि महिला गीतकार टप ५ भएकी हुन् । ‘आमा ओ मेरी आमा’ गीतमा शब्द, गीतकार प्रतिमा गुरुङ संगीत, तथा आवाज भने सामाजसेवी गायक जितेन बान्तवाको रहेको छ ।

गायिका प्रतिमा गुरुङ खुशीका साथ भन्छिन् मैले रचना गरेको गीतले सगरमाथा म्युजिक अवार्डमा पोपुलर आवार्ड जितेको थियो भने अहिले विन्ध्यवासिनि म्युजिक अवार्डमा महिला गीतकार तर्फ टप ५ मा पर्न सफल भएकी छु ।

यो सबै दर्शक श्रोता’को मायाँ हो, जसले मेरो गीतलाई मायाँ गरेर साथ दिई रहनु भएको छ । मेरो गीतलाई मायाँ गर्नुहुने सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

https://www.youtube.com/watch?v=SxWt_5ZN7Ss