बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तीन प्रमुख नदीमा पानीजहाज सञ्चालन गर्ने सरकारी तयारी

शुक्रबार, कार्तिक २२ २०७६

काठमाडौं कात्तिक, २२– सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ । पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ । 

यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेकोे हो । यी मध्ये कतिपय नदीमा सानो आकारमा स्टीमरलगायतका यातायात सञ्चालनमा छन् । 

सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहितको टोली नदीमा खटाउन लागिएको नेपाल पानीजहाज कार्यालयले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।