काठमाडौं कात्तिक, २१– कांग्रेस सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीबीच टेलिफोन संवाद भएको छ । पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले भारतीय राजदुत पुरीसंग भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् ।
कां्रग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार देउवाले बिहिबार भारतीय राजदुत पुरीसंग यसबारेमा टेलिफोन संवाद गरेका हुन् । टेलिफोन संवादमा देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्य स्मरण गराएका हुन् ।
भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै कांग्रेसका प्रवक्ताले ट्विट मार्फत तत्कालै औपचारिक धारणा सार्वजनिक गरेका थिए । कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्यमा र कुनैपनि भुमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ ।