झापा, कात्तिक २१ । शिवसताक्षी नगरपालिका १० दोमुखास्थित कनकाईमाई खोलाको किनारमा लुकाई छिपाई राखेको करिब ६ लाख रुपैयाँ मूल्यको अन्दाजी २ सय २ क्युफिट सखुवाको काठ फेला पारी बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उक्त काठ बरामद गरेको हो ।
बरामद गरिएको काठ आवश्यक अनुसन्धानको लागि प्रहरीले कन्काई सब डिभिजन बनकार्यालय सुरुङगा झापामा बुझाउनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।