काठमाडौं कात्तिक, २०–
नेपाल बैक लिमिटेड संचालक समितिको निर्णय अनुसार दीपेन्द्र विक्रम थापालाई नेपाल बैक लिमिटेडको स्वतन्त्र संचालकमा नियुक्त गरिएको छ । यसैगरि नेपाल सरकार अर्थ मन्त्रालयको निर्णयानुसार सावित्री रंजित श्रेष्ठ लाई नेपाल बैक लिमिटेडको संचालकमा नियुक्त गरिएको छ ।
ब्रयाडफोर्ड युनिभर्सिटि वेलायतबाट वातावरण व्यवस्थापन (आयोजना नियोजन तथा व्यवस्थापन ) मा उच्च स्नातकोत्तर र वातावरण विज्ञान तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधी हासिल गरेका थापा नेपाल सरकारको सेवा निवृत्त सचिव हुुन भने सोसियो इकोनोमिक एनालाईसिस््मा पिएच.डि उपाधी हासिल गरेकी श्रेष्ठको प्राध्यापन पेशामा लामो अनुभव रहेको छ ।