काठमाडौ, कात्तिक २० । नेप्से आज बुुधबार पनि घटेको छ । आज नेप्से एक दसमलव ४४ अंकले घटेर ११ सय ३८ दसमलव दुुई अंकमा झरेकोमा सेन्सिटिभ शुन्य दसमलव ४१ अंकले घटेर दुुई सय ४९ दसामलव ७१ अंकमा झरेको छ ।
आज एक सय ६० कम्पनीहरुको तीन हजार नौ सय ८६ वटा कारोवारमा सात लाख ५० हजार ३३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम २० करोड ६२ लाख ५३ हजार आठ सय ४७ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव शुन्य तीन अंकले घटेर एक हजार ४५ दसमलव ८४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक छ दसमलव ९५ अंकले घटेर १५ सय ५५ दसमलव सात अंकमा पुुगेको छ ।
जलबिद्युुत, निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेर रातै भएकाछन । टे«डिङ, जीवन बीमा, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेर हरियो भएको छ ।
कमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड, नयाँ नेपाल लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीको सुचीमा महालक्ष्मी बिकास बैंक, गुडविल फाईनान्स, तिनाउ मिसन डेभलपमेन्ट बैक आदि परेकाछन ।
बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज प्रभुु बैंक, नबिल बैंक आदि परेकाछन ।