बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कास्की २ मा खेमराज पौडेल कांग्रेसबाट उम्मेदवार

बुधबार, कार्तिक २० २०७६

पोखरा । आगामी मंसिर १४ मा देशका विभिन्न क्षेत्रमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधि सभाका लागि चुनाव हुने एक मात्र क्षेत्र हो कास्की २ त्यही कारण कास्की २ लाई धेरैले महत्वका साथ हेरिरहेका छन्।  तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ प्रतिनिधि सभा सदस्य विहिन छ । नेकपाले रवीन्द्रकै श्रीमती विद्या भट्टराईलाई उमेद्वार बनाएको छ ।

अन्य साना दलले पनि उमेद्वारको टुंगो लगाएर चुनाव प्रचार प्रचारमा होमिएका छन्।  यहाँ देशकै दोस्रो ठूलो दलसमेत रहेको कांग्रेसले खेमराज पौडेललाई उमेद्वार बनाउने निर्णय गरेको छ। कात्तिक १९ गते मंगलबार करीब १० घण्टा लामो छलफलले पनि कास्की २ का लागि कांग्रेसले उम्मेदवारको नाम ल्याउन सकेको थिए।

तर बुधबार बिहान बसेको पदाधिकारी बैठकले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। नेपाली कांग्रेस जिल्ला कमिटी कास्कीका सभापति कृष्ण केसीले पौडेललाई पदाधिकारी बैठकले टिकट दिएको पुष्टि गरे। जिल्लामा सर्वसम्मतिले टुंगो लगाउन नसकेपछि १६ जना आकांक्षीको नाम केन्द्र पठाइएको थियो । जसमा खेमराजले बाजी मारेका हुन्। 

धनराजले नमानेपछि कास्की २ मा चुनाव लड्न इच्छाएका एक चर्चित अनुहार थिए कांग्रेस नेता धनराज गुरुङ। तर उनले नउठ्ने भनेपछि कास्की कांग्रेसका अग्रज नेता रहेका खेमराज पौडेलले टिकट पाएका हुन्।  मंगलबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले धनराज गुरुङको नाम प्रस्ताव गरेका थिए । धनराजको नाममा सहमति नजुटेपछि देउवाले खेमराज पौडेलको नाम प्रस्ताव गरेका थिए।

त्यही नाम पास भएको हो। प्रजातान्त्रिक कांग्रेसमा देउवा सभापति हुँदा खेमराज जिल्ला सभापति थिए।  ‘मंगलबारको बैठकमा सभापतिज्यूले धनराज गुरुङको नाम प्रस्ताव गर्नुभएकै हो,’ कांग्रेस स्रोतले भन्यो, ‘धनराज गुरुङको नाम आएपछि धेरै बेर छलफल भयो । पार्टी महामन्त्री शसांक कोइरालाले अहिले कास्कीमा जिल्ला बाहिरको उमेद्वार नबनाऊँ भनेपछि छलफल लम्बियो ।

शशांकको प्रस्तावमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सहमति जनाउनुभयो । फेरि देउवाले धनराज हुन्‍न भने खेमराजलाई बनाऊँ भन्‍नुभयो । हिजो सहमति नजुटेपनि आज यही नाममा सहमति भएको हो।’