पोखरा विमानस्थल केही दिन देखि स्याल आतंकले आक्रान्त बनेको छ । नियमितरुपमा विमानस्थलको धावन मार्गमै स्याल दौडिन थालेपछि कर्मचारी हैरान भएका छन् ।
विमानस्थल क्षेत्रमा केही समय देखि स्याल दौडिन थालेपछि जहाज उडानमा समेत समस्या भएको छ । कत्तिक लागेपछि धावन मार्ग मै स्याल दौडिदा जोखिम बढेको पोखरा विमानस्थलले जनाएको छ ।
कात्तिक लागेपछि विमानस्थलमा स्यालमा नियमित स्याल दौडिन थालेको पोखरा विमानस्थलका प्रमुख भोला प्रसाद गुरागाईले बताए । ‘यो कुकुर स्यालको सिजनल महिना हो ।
यो सिजनमा विमानस्थलमा स्याल दौडिदा उडानमै समस्या भइरहेको छ,’ उनले भने । दुर्घटना नहोस भनेर नियमित स्याल धपाउनु परेको उनी बताउँछन् ।
विमानस्थल प्रमुख गुराँगाईले स्यालका कारण पोखरा विमानस्थलमा कुनै उडान अवरुद्ध भने नभएको बताए । ‘स्यालका कारण कुनै उडान अबरुद्ध भएको छैन,’ उनले भने, ‘तर सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको छ ।’
विमानस्थलमा स्याल लगायतका जंगली जनावर धपाउन आवश्यक कर्मचारी खटाइएको उनले बताए । ‘स्याल र अन्य जंगली जनावर समाउनका लागि बन कार्यालयसँग समेत समन्वय गरिरहेका छौं,’ गुरागाईंले भने ।
नजिकै सेती नदीको खोचका कारण बर्षेनी कात्तिक र मंसिर महिनामा स्याल विमानस्थल सम्म आउने गरेको उनले बताए ।