बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शिवम सिमेन्टको वार्षिक साधारणसभा सम्पन्न

आइतबार, कार्तिक १० २०७६

काठमाडौ, कात्तिक ९ । नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको चौथो वािर्षक साधारण सभा सम्पन्न गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुुरेन्द्र कुुमार गोयलको अध्यक्षतमा शुुक्रवार कम्पनीले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको एक बर्ष नपग्दै दुुई वटा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आफ्ना शेयरधनीहरुलाई प्रति शेयर १५ प्रतिशत (कर बाहेक) का दरले हुुन आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभाँस रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

समाभामा कम्पनी संचालक समितिको तर्फबाट अध्यक्ष गोयलले प्रस्तुुन गरेको गत आर्थिक बर्षको प्रगति प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितका बिवरणहरु पारित भएको छ ।

सभाले कम्पनीको चालुु आवको आय व्ययको लेखापरीक्षण गर्न सुुभाष एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स, काठमाडौंलाई लेखापरीक्षक नियुुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यसै गरी कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी चार बर्षे कार्यकालका लागि पाँच जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेको छ  । 

निर्विरोध निर्वाचित हुुने संचालकहरुमा सुुरेन्द्र कुुमार गोयल, रघुुनन्दन मारु, सन्दिप कुुमार शारडा, अमित मोर र रोहित गुुप्ता रहेकाछन ।

वार्षिक साधारण सभा सम्पन्न हुुनासाथ बसेको संचालकहरुको बैठकले नव निर्वाचित संचालक सुरेन्द्र कुमार गोयललाई कार्यकारी अध्यक्ष र रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पुुनः जिम्मेवारी दिंदैं छ सदस्यीय संचालक समितिको गठन समेत गरेको छ ।