बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ललितपुरको कुमारीपाटीमा कामना सेवाकोे शाखा

आइतबार, कार्तिक १० २०७६

ललितपुर, कात्तिक ९ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.२० स्थित कुमारीपाटीमा शाखा खोलेको छ । बैंकका अनुसार शुुक्रबार उक्त स्थानमा आफ्नो एक सयौं शाखा खोलिएको हो ।  

बैंकका अध्यक्ष सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले संयुक्तरुपमा शाखा कार्यालयको समुद्घाटन गरेका हुुन ।

१०० औं शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरिएको थियो 
प्रमुख अतिथि श्रेष्ठले शुभकामना मन्तव्य दिदैं बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । 

बैकिङ क्षेत्रमा विभिन्न खालको जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा अत्यन्तै चनाखो भएर काम गर्न सुझाव समेत दिए । यसै अबसरमा बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलतापछि समयसापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सोहीदिनबाट लागूहुने गरी विविध विशेषता सहितको स्वर्णिमा सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्तरुपमा उक्त योजनाको शुभारम्भ गरेका हुुन । उक्त कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक चतुराखर अधिकारीले स्वागत तथा संस्थापक कृष्ण आचार्य र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले शुुभकामना व्यक्त गरेका थिए ।

बैंकले हाल एक सय वटा शाखा सहित ४९ वटा एटिएम काउन्टर मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।